अपडेट 
२०७७ फाल्गुन ३, सोमबार १३:०१

भारतको महाराष्ट्रमा आइतबार राति ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । किंगांवमा भएको दुर्घटनामा ट्रकमा २१ जना सवार थिए । यसमध्ये ५ जना घाइते रहेका छन् ।

दुर्घटनामा परी मारिनेमा महिला र बालबालिका पनि रहेका छन् । प्रहरीका अनुसार किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो । त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए ।दुर्घटनाको सूचनापछि प्रहरी घटनास्थलमा पुग्दा धेरैको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । मारिएका १६ मध्ये १५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मात्र आन्ध्र प्रदेशको कुर्नूलमा बस र ट्रक एक आपसमा जुध्धदा १४ जनाको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News