अपडेट 
२०७७ फाल्गुन ३, सोमबार १३:५५

प्रदेश २ सरकार गठन भएको आज तीन वर्ष पुरा भएको छ । लालबाबु राउत नेतृत्वको सरकारले गएको तीन वर्षमा प्राप्त गरेको उपलब्धी सार्वजनिक गर्दै वार्षिकोत्सव मनाएको छ ।

मुख्यमन्त्री राउतले सरकारको उपलब्धीलाई ६७ बुंदामा समेटेर प्रस्तुत गर्नुभएको छ । उहाँले प्रदेशमा संचालनमा रहेको गौरबको योजनासहित लोकप्रिय योजनाहरुलाई उपलब्धीको रुपमा बताउनुभयो । प्रदेशमा संचालन गरिएको बेटी पढाउ बेटी बचाउ अभियानमार्फत करिब सात हजार बालिकाको विमा गरिएको छ । प्रदेश सरकारले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत २७ जनालाई रोजगार उपलब्ध गराएको छ । तीन वर्षको अवधिमा सरकारले ३९ वटा विधेयक प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याएको छ भने २२ थप विधेयक प्रदेशसभामा छ । ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक निर्माण गरी ३ सय २० किलोमिटर पक्की सडक निर्माण कार्य अघि बढाएकोलाई उपलब्धी बताएको छ । प्रदेशका किसानलाई च्याउको वीउ वितरण कार्यक्रमलाई पनि प्रदेश सरकारले उपलब्धीको रुपमा लिएको छ ।

प्रदेश सरकार गठन हुदा पाँच स अर्थात शिक्षा स्वास्थ्य, सडक, सिचाई र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढने दावी गरेको थियो । तर, प्रदेश सरकारले गरेको विकास निर्माण कामको अभैm अनुभूति हुन नसकेको आमजनताको भनाई छ । तत्कालीन संघीय समाजवादी पार्टी र राष्टिय जनता पार्टी गठबन्धन सरकारको नेतृत्व गर्दै लालबाबु राउतले २०७४ फागुन ३ गते सथप लिनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News