अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार ०८:३९

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाभाइरसविरुद्धका खोपको दुई भर्सनलाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ ।

एस्ट्राजेनेका कम्पनीले ठूलो अनुपातमा बनाइरहेको यो खोपलाई कोभ्याक्स कार्यक्रम अन्तरगत विभिन्न देशहरुलाई दिइनेछ । यस खोपको उत्पादन दक्षिण कोरियाको एस्ट्राजेनेका–एसके बायो र भारतको पुणेस्थित सीरम इन्सटिट्यूटले गरिरहेको छ । कोभ्याक्स कार्यक्रम अन्तरगत डब्लूएचओले सबै देशहरुमा कोरोना खोपको बराबर पहुँच पुर्याउने प्रयास गरिरहेको छ । डब्लूएचओकी डाक्टर मारियांगेला साइमले भने, ‘जुन देशहरुले अहिलेसम्म कोरोनाको खोप पाएका छैनन्, अब उनीहरुले आफ्नो स्वास्थ्यकर्मी र उच्च जोखिम रहेका नागरिकहरुलाई खोप लगाउने काम शुरु गर्न सक्नेछन् ।’यसअघि ३१ डिसेम्बर २०२० मा डब्लूएचओले फाइजर–बायोएनटेकले बनाएको कोरोनाको खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको थियो ।

Comment


Related News

Latest News

Trending News