अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार १४:५६

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो ।  बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ । बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् । 

Comment


Related News

Latest News

Trending News