अपडेट 
२०७७ फाल्गुन ५, बुधबार ०७:३३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बुधबार) बस्दैछ ।

पार्टीको कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बोलाइएको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ । कांग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएपछि महाधिवेशन नयाँ कार्यतालिका तय गर्न लागिएको नेताहरुले बताएका छन् । पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिका आजको बैठकमा पेस गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ ।

केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।

Comment


Related News

Latest News

Trending News