अपडेट 
२०७७ फाल्गुन ५, बुधबार ०७:५१

प्रत्येक वर्ष झै यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला शुरु भएको छ ।

जिल्लाको मध्य भाग गरुडा नगरपालिका १ जयनगरमा उक्त फर्निचर मेला लागेको छ । प्रत्येक वर्ष श्रीपञ्चमी देखी एक महिना सम्म लागदै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ । मेलामा फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । जिल्लाको विभिन्न भागबाट फर्निचर व्यवसायीले मेलामा फर्निचर ल्याएका छन् भने छिमेकी जिल्ला बारा, पर्सा, सर्लाही लगाएतका जिल्लाबाट पनि अत्यधिक मात्रामा काठका फर्निचर मेलामा ल्याइएको छ । मेलामा फर्निचर व्यवसायीहरु काठबाट बनाएका विभिन्न डिजाईनका पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, कुर्सी, दराज, लगायत घरायसी प्रयोजनका करीब सबै फर्निचर विक्रीका लागि ल्याएका छन ।

त्यस्तै रौतहट सहित देशका विभिन्न भागका साथै भारतको बिभिन्न ठाँउबाट आएका मिस्त्रीहरु मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो खुकुरी,लगातका सामग्री पनि विक्रि गर्न ल्याएका छन । मेलामा प्रत्येक वर्ष फर्निचर र फलामका सम्पुर्ण सामग्रि विक्रिका लागि ल्याउने गरिएको छ । यो मेलामा बिक्री गर्नको लागि विश्वकर्मा लोहार जातीले २÷३ महिना अघिदेखी नै फर्निचरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गर्छन । अहोरात सम्म खटेर मिहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानि गर्ने गर्दछन । आफुले फर्निचरबाट बनाएको विभिन्न सामग्रि मेलामा विक्रिका लागि ल्याएको मेलामा भेटिनुभएका गरुडाका छठु लोहार ठाकुरले बताउनुभएको छ । मेलामा गत वर्ष ४ लाखको फर्निचर विक्रि गरेको बताउने ठाकुरले यस वर्ष ६ लाखको फर्निचर विक्रि हुने विश्वास गरेका हुन । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ । अन्य ठाउँ भन्दा जयनगर फर्निचर मेलामा फर्निचर निकै सस्तो पाउने गरेको छ । जसका कारण टाढा टाढाबाट मानिसहरु फर्निचर अर्थात विभिन्न किसिमका घरायसी प्रयोजनका सामग्रि किन्न आउने गरेका छन ।

आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउछन् । मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् । मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, महोतरी, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको छ । मेलामा फर्निचरका सम्पुर्ण सामग्रीका साथै फलामको पनि सबै सामग्री बिक्रीका लागि राखिएको हुँदा यो सबै फनिर्चरको लागि अन्यत्र जानु नपरेको धर्मपुरका राम कल्याण यादवले बताउनुभएको छ । यो मेलाले गर्दा फर्निचरका सम्पूर्ण समानहरु एकै ठाउँमा भेटिरहेको र त्यो पनि सस्तो परिरहेकाले आफुलाई यस मेलामा फर्निचरका सामग्री किन्दा खुसि लागेको पिपरीयाका जामुन मुखिया विनले बताउनुभयो । जयनगरमा २०६५ साल देखी नै प्रत्येक बर्ष बसन्त पञ्चमीको अवसरमा फर्निचर मेला लाग्दै आएको छ । विश्वकर्मा लोहार संघ फर्निचर मेला व्यवस्थापन समिति जयनगरको आयोजनामा मेला लागेको छ ।

शुरु शुरुमा मेला लाग्दा २० लाखको मात्रै कारोवार भएको थियो तर अहिले प्रत्येक वर्ष मेलाको कारोवार फस्टाउँदै गएको मेला व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष मेलाको विस्तार हुँदै गएकोले कारोवार पनि बढदै गएको समितिले जनाएको छ । मेलामा यस वर्ष ६ करोडको कारोवार हुने लक्ष्य राखिएको समितिले जनाएको छ । गत वर्ष साढे चार करोडको कारोवार हुने लक्ष्य राखिएकोमा चार करोडको कारोवार भएको थियो । तर गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकोले ६ करोड सम्मको कारोबार हुने पूर्व अनुमान गरिएको छ । यातायातको सुविधा भएको र तुलनात्मकरुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।

Comment


Related News

Latest News

Trending News