अपडेट 
२०७७ फाल्गुन ५, बुधबार ०७:५३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समुहप्रति प्रदेश २ मा आकर्षण बढन थालेकोछ ।

प्रदेश २ का मधेशी नेताहरु समुहगत भन्दा व्यक्तिगत रुपमा ओलीसित भेंटने र पार्टी प्रवेश गरेको घोषणा गर्न थालेका छन् । जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष उपेन्द्र यादव निकट मानिएका डा. शिवजी यादव नेकपामा प्रवेश गरे लगतै थप केहि प्रभावशाली व्यक्तिहरु प्रवेश गरेका छन् । पछिल्लो पटक मंगलवार बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरपनि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसित भेंटेका छन् ।उनी पार्टीमा प्रवेश गरेको युवा संघका केन्द्रिय उपाध्यक्ष सञ्जिव झाले जनाए । ‘नेपाली काँग्रेसका सहयोगी रहेका ठाकुर पार्टीमा प्रवेश गरेका छन्’ झाले भने, उनी अब नेकपालाई सुदृढ बनाउन सकृय रहनेछन् । ठाकुरलाई बृहत्तरको कार्यकारी निर्देशकमा काँग्रेस पार्टीका उपसभापति विमलेन्द्र निधिले नियुक्ती गराएका थिए । उपसभापति निधिको निकट भएपनि ठाकुर काँग्रेस पार्टीको सदस्य नरहेको युवा नेता जिवनाथ चौधरीले जनाएका छन् ।

‘पार्टीको सधारण सदस्य समेत ठाकुर थिएन्’ उनले भने कर्मचारी रहेका ठाकुर नेकपाको सदस्यतापनि लिन पाउने छैन् ।उनलाई सो पार्टीमा जानै पर्ने कुनै बाध्यता हुन सक्ने उनले बताए । यस सम्बन्धमा निर्देशक ठाकुरसित सम्पर्क हुन सकेन् ।प्रधानमन्त्री ओलीलाई वालुवाटारमा ठाकुरले भेंटदा युवा संघका उपाध्यक्ष झापनि रहेका थिए । त्यसैगरि जनता समाजवादी पार्टी(जसपा)का केन्द्रिय सदस्य किरण साहले पार्टी परित्यागरि नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।उनी पछिल्लो आमनिर्वाचन २०७४ सालमा रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव लडेका थिए । साह थोरै मतअन्तरले चुनावमा पराजित भएका थिए ।जसपाका उनी रौतहट जिल्लामा प्रभावशाली नेता मानिन्थे ।नेकपाका नेता एवं सहरी विकास मन्त्री प्रभु साहको रौतहट गृह जिल्ला भएपनि किरण साह नेकपा प्रवेशमा अर्कै ‘च्यानल’ प्रयोग गरेका छन् ।महेश बस्नेत समुहको माध्यमबाट नेकपा प्रवेश गरेका किरण अगामी चुनावमा प्रतिनिधि सभाको टिकट पाउने आश्वासन पाएका छन् ।

नेकपामा प्रवेश गरेका ठाकुर र साहलाई लक्षितगर्दै जसपाका केन्द्रिय सदस्य कृष्णा सिंहले भ्रष्टाचारको कार्वाहीमा अख्तियारबाट जोगिन र टिकट पाउन नेकपा ओली समुहमा गएको कटाक्ष गरेका छन् ।

Comment


Related News

Latest News

Trending News