अपडेट 
२०७७ फाल्गुन ५, बुधबार १५:२१

अस्पतालहरुको बहिरंग विभाग (ओपीडी)मा सेवा दिने चिकित्सकहरुकोे परामर्श शुल्क वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले शुल्क बढाउने निर्णय गरेको हो । बैठकले बुधबार फागुन ५ गतेदेखि लागू हुने गरी ओपीडी विभागमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । शुल्क वृद्धिबारे मन्त्रालयसँग अफिन र चिकित्सक संघको गएको मंगलबर सहमति भएको थियो । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७० रुपैयाँ, पाँच वर्षभन्दा माथि अनुभव भएकाले ४५० रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन् । त्यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका चिकित्सकले ५१५ रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन् । एमडीएमएस र एमडीएस चिकित्सकहरुको हकमा भने पाँच वर्ष अनुभव नभएकाले ६६० रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् ।

डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७७० रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् । यस्तै, १० वर्षभन्दा बढी अनुभव भएका एमडीएमएस र एमडीएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।

Comment


Related News

Latest News

Trending News