२०७७ फाल्गुन ५, बुधबार १८:३६

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गर्नुभएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल सुरु भएको बिहीबार पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको उहाले बताउनुभयो । बैठक बिहीबार पनि बोलाइएको छ । बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने प्रवक्ता शर्माले बताउनुभयो । यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फाल्गुन सात देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News