अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार ०८:०३

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे केन्द्रीय समिति बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विधानअनुसार काँग्रेसको वर्तमान कार्यसमितिको पदावधि सकिनै लागेपछि बुधवार केन्द्रीय समिति डाकेर काँग्रेसले यसबारे छलफल चलाएको हो । चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ । संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउन सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय कार्यसमितिमा उक्त प्रस्ताव पेस भएको हो ।

कांग्रेसले १४औं महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ । कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो । यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिएको थियो । तोकिएको अवधिमा महाधिवेशन नहुने भएसँगै ६ महिना समय थपिएको हो । मुख्य सचिव पौडेलका अनुसार आजको बैठकमा महाधिवेशनलगायत थप तीन प्रस्तावमा छलफल हुने कार्यसुची रहेको छ ।

Comment


Related News

Latest News

Trending News