अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार ११:१७

कोभिड -१९ विरुद्दको चिनियाँ खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । औषधि व्यवस्था विभागका अनुसार ‘भेरोसेल’ नामक खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो। १६ जनवरी, २०२१ मा याे खोपलाई अनुमति दिइएको विभागले जनाएकाे छ । चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ। नेपालको अनुमतिपछि चिनियाँ खोप नेपालमा प्रयोगका लागि बाटो  खुलेको छ । नेपालले केही समयदेखि भारतले अनुदानमा पठाएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News