अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार १३:५८

नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । 

काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने  जनाएको छ ।इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।  एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस  र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ ।

 

Comment


Related News

Latest News

Trending News