अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार १६:०३

नेपालमा बिहीबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप १११ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ६९ हजार ५०५ जनाले कोरोना जितेका छन् । नेपालमा हाल १६ सय ३ जना आइशोलेशन र ७१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३१ ३३० वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News