
महोतरीको महदैया तपनपुरमा बुहारीकोहत्या गरेको अभियोगमा ससुरालाई १३ वर्ष ५ महिनापछि पक्राउ गरेको छ ।
बुहारीलाईविष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद भइफरार भएका ससुरालाई विशेष सुराकीको अधारमा पक्राउ गरेको महोतरीका प्रहरी नायवउपरिक्षक प्रकाश बिष्टले बताए । महदैया तपनपुर गाविस–५ की विणा देवी सहनीलाईघरायसी बादविवादको कारण कोठा भित्र विष खुवाई घाटी थिची हत्या गरेको अभियोगमाफरार ससुरा शंकर सहनीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताए । लोहारपट्टी नगरपालिका ३ महदैयास्थित गाउँमैलुकीछिपी बसेको अवस्थामा सहनीलाई पक्राउ गरी सजाय भुक्तानीका लागि महोत्तरी जिल्लाअदालतमा बुधबार पेश गरी कोरोना भाईरस परीक्षण पश्चात पेश गर्ने गरी जिप्रकाकोहिर ासतमा राखिएको विष्टले बताए । विणालाई ससुरा शंकर सहनी, सासु चन्दर देवी सहनी,देवर राजकुमार सहनी, छिमेकी शंकर साह सुडी र बली साह सुडी मिलेर हत्या गरेकोप्रहरीले जनाएको छ ।
हत्यामा संलग्न छिमेकी बली साह सुडिको मृत्यु भइसकेको छ ।हत्यामा संलग्न ससुरा शंकर सहनी, सासु चन्दर देवी सहनी र छिमेकी शंकर साह सुडिलाई २०बर्ष कैद, देवर राज कुमार सहनीलाई १५ बर्ष कैद र ३० रुपैया जरीवाना जिल्लाअदालतले फैसला गरेको छ । तत्काल प्रतिवादी मध्येका मृतकको देवर राजकुमार सहनी पक्राउ परी महोत्तरी जिल्ला अदालतले नाबालक भनि तत्काल साधारण तारेखमा छुटेपछि फैसला उल्टी भई २०७५ चैत २६ गतेको आदेशले राज कुमार सहनी उपर १५ बर्षकैद सजाय र थप रु ३० जरीवाना भएको थियो । विणाको बुवा रामबिलुक सहनीले जाहेरीदिएपछि जिप्रका महोतरीले ०६४ भदौ १३ गते कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।