अपडेट 
२०७७ फाल्गुन ७, शुक्रबार ०७:२३

गौर । शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि नर्धारित समयमै निर्वाचन हुने बताएका छन् ।

रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरे । दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको उनको तर्क थियो । डिभिजन सडक कार्यालयद्वारा बिहीबार आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेको बताए । यसअघि उनी शहरी विकासमन्त्री हुँदा सोही मन्त्रालयबाट स्वीकृत बाल्चनपुर जङ्गलसहीया र खतवहिया परसवा पक्की सडकको उद्घाटन गरेका थिए ।

रमन सगरमाथा जेभीद्वारा रु १६ करोड ३८ हजार २६९ को लागतमा बाल्चनपुर जंङ्लसहीया सडकमा १० किलोमिटरमा र रु नौ करोड ११ हजारको लागतमा खतवहिया परसवा सात किलोमिटर कालोपत्र भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दाशले जानकारी दिए । त्यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरे । कूल रु छ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News