अपडेट 
२०७७ फाल्गुन ७, शुक्रबार ०७:२५

जीतपुर । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्नस्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने बताएका छन् ।

बाराको सिमरामा कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले यदी कथम कदापी संसद पुर्नस्थापना नहुने अवस्था आए, तोकेको समयमा चुनाव पनि हुन नसक्ने ठोकुवा गरे । ६४ प्रतिशतको जनमत आफुहरुसँग भएकाले जनता र पार्टी दुबैमा आफुहरु अब्बल रहेकाले चुनाव हुनेमा आफुहरुलाई थोरै पनि बिश्वास नभएको बताए । संसद पुर्नस्थापना नभए देश भयङ्कर अन्धकारमा जाने दावी उनले गरे । संसद पुर्नस्थापना हुनेबित्तिकै प्रधानमन्त्री ओली समुहमा रहेका ९० प्रतिशत सांसदहरु आफुहरुको पक्षमा आउने जिकिर गरे । निर्वाचन आयोग नेकपाको दुबै समुहको ठुलो चेपुवामा परेकाले आधिकारिक नेकपाको बिषयमा यथार्थ निर्णय गर्न नसकिरहेको धारणा राखे । अहिले देशमा प्रधानमन्त्री ओली र राष्ट्रपती बिद्या देबी भण्डारीको गुण्डागर्दी चलिरहेको आरोप लगाए ।

नेकपाको जीतपुरसिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाको केन्द्रिय सदस्य दिनेश राई ,बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ , जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा ,प्रदेश सभा सदस्य सीता गुरुङ ,जिल्ला सदस्य शोभा कार्की ,मनोज पौडेल लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News