अपडेट 
२०७७ फाल्गुन ७, शुक्रबार ०७:३७

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ । नेपालमा २०१५  साल फागुन ७ गते आम चुनाव सुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरणमा २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ । आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नाे स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।

आउँदो चुनाव पहिलो चरणमा वैशाख १७ गते र २७ गतेका लागि तोकिएको छ । चुनावका लागि झण्डै एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । 

Comment


Related News

Latest News

Trending News