२०७७ फाल्गुन ७, शुक्रबार ०८:००

पश्चिमी वायुको प्रभावले अहिले (शुक्रबार बिहान) प्रदेश १ र २ सहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको छ। यसबाहेक अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी भेगका एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ। दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राती : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने

Comment

Related News

Latest News

Trending News