अपडेट 
२०७७ फाल्गुन ७, शुक्रबार १०:४१

मन्थली नगरपालिका-१ मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।

मन्थली नगरपालिका सालुबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको हाे । दुर्घटनामा घाइते भएका १० जनालाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारको लागि मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएको छ । बसमा ५३ जना यात्रुहरु सवार रहेको र बाँकी यात्रुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बस तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News