अपडेट 
२०७७ फाल्गुन ७, शुक्रबार १३:४१

पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर ओराले लाग्दै गएको छ । आज नेपाली बजारमा सुनको मुख्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News