अपडेट 
२०७७ फाल्गुन ८, शनिबार ०७:३६

बारा । मालपोत कार्यालय निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् ।

जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल ६ लाख घुससहित पक्राउ परेका हुन् । जितपुर सिमरा ४ मा रहेको रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो । घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको हो ।

Comment


Related News

Latest News

Trending News