अपडेट 
२०७७ फाल्गुन ८, शनिबार ०८:३६

नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्नेछन् । विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले जानकारी दिएको छ । आज हुने कार्यक्रममा ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ ।

आजको कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने आयोजकको दाबी छ । विशेष गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News