अपडेट 
२०७७ फाल्गुन ८, शनिबार ०९:०७

जनकपुरधाम । नेपाल–भारत सहयोग मंचका केन्द्रीय अध्यक्ष अशोक वैद्यले महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीसंग भेटघाट गरेका छन् ।

भगत सिंह कोश्यारी भारतीय राजनीतिमा उत्तर भारतको एक परिचित नाम हो , उनी महाराष्ट्रका राज्यपाल हुन । उनी भारतीय जनता पार्टीसंग सम्बन्धित एक भारतीय राजनीतिज्ञ हुन । उनी उत्तराखण्ड राज्यको द्वितीय सफल मुख्यमन्त्री तथा उत्तराखण्ड विधानसभामा विपक्षका शीर्ष नेता थिए । आफ्नो भेटघाटमा श्री बैदले राज्यपाल समक्ष नेपाल–भारत बीच जनस्तरमा प्रभावकारी र उन्नत सम्बन्ध विस्तारका लागि बहुआयामी विषयहरूमाथि चर्चा गरेका थिए । जनसम्बन्धसंग गांसिएको कैयौ सवालहरू उठे ,जसमा मूख्यरूपले खुला सीमालाई कसरी वरदानका रूपमा परिणत गर्न सकिन्छ भन्ने नै थियो । आजको जमानामा जहां दुनिया सांघुरिदै गएको छ त्यस परिप्रेक्ष्यमा नेपाल भारत बीचको खुला सीमाको उपयोग गर्दै त्यसबाट समृद्धि आर्जन गर्न सकिन्छ । यसका लागि नागरिक संवादको आवश्यकता औल्याइयो । नेपाल भारत सम्बन्धमा दुवै मित्र राष्ट्रका सरकारहरूले सीमावर्ती क्षेत्रका बासिन्दाहरूको सपना र आकाक्षालाई प्राथमिकतामा राखिनु पर्ने चर्चा गरियो ।

त्यसै गरि बोर्डरसंग जोडिएको भारतीय प्रदेशहरू संग अन्तर संवाद बढाईनु पर्ने र सीमावर्ती क्षेत्रमा कनेक्टिविटी विस्तारको आवश्यकता बोध गरियो । उसो त सीमा खुला भनिए पनि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले अनेकौ कठिनाई बेहोर्दै आएका छन , यसका लागि सहज एवं सुविधा युक्त बनाईनु पर्ने, यसका विभिन्न क्रमबद्ध तरीका माथी विमर्श भएको बताईएको छ । भगत सिंह कोश्यारी नेपाललाई नजिकबाट जान्ने तथा आत्मिय भाव राख्ने उच्च तहका एक भारतीय राजनीतिज्ञ हून । नेपालसंग उनको आत्मिय लगाव जगजाहिर छ । राज्यपाल श्री कोशीयारी भलै यतिखेर अलग भूमिकामा छन तरपनि नेपाल भारत सम्बन्धमा उनको भूमिका प्रभावकारी रहेको मानिन्छ । महाराष्ट्रको निजी यात्रामा रहेका अध्यक्ष बैद्यका साथ उनकी धर्मपत्नी प्रिति बैद्य पनि भेटघाटमा सहभागी थिइन । अशोक बैद्यले राज्यपाल कोश्यारी समक्ष मायाको चिनो अर्पित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News