अपडेट 
२०७७ फाल्गुन ९, आईतवार ०७:३६

प्रदेश प्रमुख राजेश झा आइतवार दिउँसो जनकपुरधाम आउने भएका छन् । उनी प्रदेश प्रमुख नियुक्त भएपछि कार्यक्षेत्रमा आउन लागेका हुन् ।

प्रदेश प्रमुख झा जनकपुरधाम आउन लागेका बेला प्रदेश सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बहिष्कार गर्ने अथवा बिरोधको अन्य कार्यक्रम गर्नेबारे मन्त्रिपरिषदबाट निर्णय हुने बताएका छन् । तिलक परियारलाई बर्खास्तगरि झालाई प्रदेश प्रमुख नियुक्त गर्ने संघीय सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै भने,‘ संघिय सरकारको यो कार्यलाई सरकार भत्र्सना गर्छ, अव बस्ने प्रदेश मन्त्रीपरिषदको वैठकमा नव नियुक्त प्रदेश प्रमुखलाई वहिस्कार नै गर्ने वा अन्य कुनै विरोधका कार्यक्रम गर्ने विषयमा निर्णय हुन्छ ।’ समाजिक सञ्जालमा चर्को आलोचना र बधाईको क्रम जारी रहेको बेला उनी पदबहाली गर्नेछन् ।संघीयतालाई कमजोर र प्रदेश २ को सरकारलाई मानमर्दन गर्न झालाई प्रदेश प्रमुखमा झालाई नियुक्त गरिएको भन्दै आलोचना भइरहेकोछ । संघीयताको विरोध गर्ने व्यक्तिलाई अहिले संघियता समाप्त गर्न प्रम ओलीले प्रदेश प्रमुख बनाएको मन्त्री यादवले आरोप लगाए । ‘ठगी मुद्दामा सजाय भोगेका व्यक्तिलाई प्रदेश प्रमुख बनाएर प्रधानमन्त्री ओलीले राजनीतिलाई अपराधिकरण गर्न खोजेका हुन्’ ‘असंवैधानिक कमद चालेर संसद विघटनगरि चुनावको घोषणा प्रधानमन्त्री ओलीले गरे’ उनले भने, ‘ चुनावको घोषणा गरेपछि सरकार स्वतः काम चलाउ हुन्छ, काम चलाउ सरकारले कसैलाई नियुक्ति र बर्खास्त गर्न मिल्दैन ।

प्रदेश प्रमुखमा नियुक्त गरिएका व्यक्तिको विगतको चरित्रलाई समेत विचार गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए । पत्रकारिता पृष्ठभूमिबाट आएका झा पछिल्लो समयमा समाजिक सञ्जालमा लेखेका पोष्टहरु राखेर नै उनको आलोचना भइरहेकोछ । प्रदेश प्रमुखबाट बिना कारण परियारलाई बर्खास्त गरेकोमा प्रदेश सरकारका प्रवक्ताले आक्रोश व्यक्तगर्दै प्रदेश सरकार र प्रदेश प्रमुखबीच द्वन्द सुरु भइसकेको संकेत दिएका छन् ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News