अपडेट 
२०७७ फाल्गुन ९, आईतवार ०७:५७

मलगंवा । ११ महिनादेखि बन्द नेपाल–भारत सीमानाका खुला गरि दिन आग्रह गर्दै दुवै देशका सीमावर्ती क्षेत्रका समाजसेवी तथा बुद्धिजीवीहरु भारतको बिहारको सितामढी जिल्लाका सांसद सुनिल कुमार पिन्टु मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध पत्र पठाएका छन् ।

अनुरोध पत्रमा सीमानाका बन्द रहेका कारण दुवै देशका सिमावर्ती क्षेत्रका नागरिकहरु बिच वैवाहिक सम्बन्ध ,विभिन्न पारम्परिक संस्कार ,स्वास्थ्य उपचार ,पर्यटन,ब्यापार व्यवसाय लगायतका अति आवश्यक कामहरु प्रभावित भईरहेको उल्लेख गरिएको छ । सोही समस्याहरु उल्लेख गरि नेपाल–भारत मैत्री संघ सर्लाहीका रामदेव ठाकुर ,नेपाल–भारत भातृ मञ्च सर्लाहीका उपाध्यक्ष एवं नागरिक समाजका सहअध्यक्ष उग्रकान्त झा, सिविल सोसाइटी सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य गजेन्द्र गुप्ता र सिविल सोसाइटीका सदस्य एवं राष्ट्रिय कृषि अनुसंधान परिषदका पुर्व काउन्सलर कौशल किशोर सिंह तथा भारतको तर्फबाट नेपाल–भारत सिमा सहजीकरण समन्वय समितिका संयोजक एवम् राष्ट्रपतिद्वारा पुरस्कृत शिक्षक हरिनारायण राय,सोनवर्षा पंचायतका पूर्व मुखिया कमलदेव महतो,सोनवर्षाका पुर्व जिल्ला पार्षद विजय कुमार ,अती पिछडा प्रकोष्ठ सोनवर्षा प्रखण्ड अध्यक्ष गोपी ठाकुर ,राष्ट्रपतिद्वारा पुरस्कृत पुर्व प्राधानाध्यापक रामज्ञान यादव र रजवाडा (पुर्वी)का पुर्व मुखिया अनिल ठाकुर सम्मिलित टोलीले सीतामढीस्थित निवासमै पुगेर सांसद पिन्टुलाई अनुरोध पत्र बुझाएका हुन् ।

अनुरोध पत्र बुझाउन गएका टोलीका सदस्यहरुले सांसदलाई समस्याको बारेमा अवगत गराई यथाशिघ्र सीमानाका खोलाउन पहल गरिदिन आग्रह गरेका थिए । बिहारका मुख्यमन्त्री नीतीश कुमार, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा प्रमुख जिल्लाधिकारीहरु लाई पनि अनुरोध पत्रको प्रतिलिपी बोधार्थको रुपमा पठाएको नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य गुप्ताले बताएको छ । अनुरोध पत्र बुझाउँदै दुवैदेशका नागरिकहरुले भोग्दै आएका समस्याहरुलाई गम्भीरतापुर्वक लिएर राष्ट्र स्तरमा विचार विमर्श गरि दुई देश बिचको बेटीरोटीको सम्बन्धलाई कायम राख्न यथाशिघ्र सीमानाका पहिलाको जस्तै खोलाउन पहल गरिदिन टोलीका सदस्यहरुले आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News