अपडेट 
२०७७ फाल्गुन ९, आईतवार ०८:०९

गौर । नेपाली काँग्रेसका उप–सभापती बिमलेन्द्र निधिले सर्वोच्च आदलतको फैसाल अनुसार काँग्रेस चुनाव र संसद पुर्नःस्थापना दुवै स्वीकार्न तयार रहेको बताएका छन् ।

रौतहटमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको काँग्रेस विरोध गर्दै संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उनले बताए । काँग्रेस निर्वाचनको तयारी अवस्थामा रहेको बताउँदै निधिले अदालतले संसद पुर्नस्थापन गरे स्विकार्ने बताए । काँग्रेस निर्वाचनको तयारीमा जुटेकै थियो, निधिले भने,‘सर्बोच्चले संसद पुनस्थापन हुँदैन चुनावमा जानुस भन्यो भने हामी चुनावमा जान्छौ, संसद विघटन नगरी पुर्नस्थापना गरे हामी मान्न तयार छौ ।’ निर्वाचनमा जानै पर्ने भएकाले काँग्रेस त्यही अनुसार तयारी गर्दैछ, उनले भने । दलहरु जुनसुकै बेला पनि निर्वाचनको लागी तयार रहनु पर्ने बताउँदै निधिले काँग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे । प्रधानमान्त्री ओलीको असंवैधानिक कदम संसद विघठन र नया निर्वाचन बारे पार्टीका नेताहरुको फरक– फरक बिचार आएपनि नीति र धारणा एउटै रहेको बताउँदै राजनीतिक दल जुनसुकै बेला आन्दोलन र निर्वाचनको लागि तयारी अवस्थामा रहनुपर्ने निधिले बताए ।

जनताले निर्वाचनमा भाग लिनु र मत अधिकार प्राप्त गर्नु संवैधानिक रहेको उनले दावी गरे । जनताले मतको अधिकारी प्रयोग गर्नु र उम्मेदबार बन्नु संबिधानमै लेखीएको हुनाले निर्वाचनलाई असंबैधानिक भन्न नमिल्ने निधिको तर्क थियो । नेपाली काँग्रेस वडा देखि केन्द्र सम्म संसद् विघटनको बिरोधमा प्रदर्शन गरेको बताउँदै असंवैधानिक कदमबाट देश र जनताले प्रतिनिधिसभा गुमाउनु परेको बताए । संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको निर्णयलाई कँग्रेसले स्विकार गरी अगाडी बढने बताउँदै निधिले काँग्रेसे लोकतान्त्रीक बिधिबाट अगाडी बढने वताए । प्रधानमन्त्रीको कदम वारे काँग्रेसको प्रष्ट विचार सार्वजनिक नगरी ढुलमुल भइरहेको आरोप लागिरहँदा उपसभापति निधिले पार्टीभित्र कुनै विवाद नहरेको अदालतको निर्णय मान्न पार्टीका नेताहरु एकमत रहेको दावी गरे ।

Comment


Related News

Latest News

Trending News