अपडेट 
२०७७ फाल्गुन ९, आईतवार १२:५३

सरकारले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ ।

ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ । सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके अनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख गरिएको छ । कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको

खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख गरिएको छ । बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने उल्लेख छ । यसअघि वि.सं. २०७१ सालमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले विस्तारित स्वास्थ्य सेवा कार्यविधि बनाएर लागू गनुृभएको थियो । सो कार्यविधि आएसँगै देशका धेरै केन्द्रीय अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News