अपडेट 
२०७७ फाल्गुन ९, आईतवार १४:१६

जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटेलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति मृत फेला परेकी हुन् । मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-२ बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् । उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News