२०७७ फाल्गुन १०, सोमबार ०७:१६

सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आइतबार भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । उनले आइतबार नै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिए। मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए ।

Comment

Related News

Latest News

Trending News