अपडेट 
२०७७ फाल्गुन १०, सोमबार १६:३५

नेपालमा सोमबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । नेपालमा दुई लााख ६९ हजार ९६६ जनाले कोरोना जितेका छन् ।

नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News