अपडेट 
२०७७ फाल्गुन १०, सोमबार १७:१७

जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त भए सम्म संघर्ष जारी रहने बताउनु भएको छ ।

जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषय अन्तरक्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उुर्द संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो । मुलुकमा ठुलठुला राजनीतिक परिवर्तनहरु भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संघर्ष लाई निरन्तरता दिनु पर्ने जिकिर गर्नु भयो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्नु भयो । अशिक्षाकै कारण मुस्लिम समुदाय गरिवी र असमानताको सिकार भएको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले बालबालिकाको शिक्षामा जोड दिन आग्रह गर्नु भएको हो ।

मुस्लिम समुदायलाई मुलुकको मुल धारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नु हुँदैृ मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिशामा अघि बढेको दावी समेत गर्नु भयो । प्रदेश सरकारले सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षा प्राप्त गरे मात्र आरक्षणको उपभोग गर्न पाउने बताउनु भयो । असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडि भ्रमर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News