अपडेट 
२०७७ फाल्गुन १०, सोमबार १९:२३

हरेक नेपालीको जैविक तथा बैयत्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले सुरु गरिएको राष्ट्रिय परिचयपत्र बितरण कार्य सप्तरीमा सोमबारदेखी सुरु भएको छ ।

पहिलो दिन जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् । सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै राष्ट्रिय परिचयपत्र बाढिएपछि एउटै कार्डले सबै काम गर्न सकिने बताए । सप्तरीमा राष्ट्रिय परिचयपत्र कामकाजको सुरुवात २०७६ असार १ गतेदेखी सुरु भएको थियो । तर, कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै भदौंसम्म स्थगित भएको काम पुनः असोजदेखी अघि बढाइएको छ । हाल आएर यस कामलाई तिब्र बनाइएको जानकारी दिँदै प्रतिअ आचार्यले जिल्लाको बलान बिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता कार्य भइरहेको जानकारी दिए ।

जिल्लामा सोमबारसम्ममा राष्ट्रिय परिचयपत्र अभियानका लागि जम्मा डाटा इन्ट्रि संख्या २७ हजार ८ सय ६६ पुगेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News