अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार ०७:५२

नेपाल र भारतबीचको सीमा बन्द भएको ११ महिना बितिसकेको छ ।सीमा बन्द हुँदा नेपाली र भारतीय मुद्राबीचको कारोबार निर्धारित दरमा नै हुने भएपनि पछिल्लो एक महिनादेखि भारतीय मुद्राको मुल्य बढेको छ ।

सीमावर्ती क्षेत्रका व्यवसायीहरुले एक सय भारतीय रुपैयाको एक सय चौसठ्ठी नेपाली रुपैया लिने गरेका छन् ।नेपाल राष्ट्र बैंकले सिमित मात्रामा भारतीय मुद्रा सटही गर्ने भएकाले कालोबजारमा भारतीय रुपैया लिदा सयकडा चार रुपैया बढी लाग्ने गरेकोछ । नेपाली सीमा र भारतीय सीमाको बजारमा पनि चार रुपैया सयकडा बढी तिरेर भारतीय रुपैयामा कारोबार हुने गरेकोछ ।माघ महिनाको १५ सम्म एक सय भारतीय रुपैया निर्धारित दर एक सय ६० मा नै पाइन्थ्यो ।भारतीय रुपैयाको मोल बढनुको प्रमुख कारण बिहाबारीको सरसमान नेपाली मुद्रामा नै भारतीय बजारमा खरिद गर्नु रहेको केहि व्यवसायीहरुको तर्क छ । ‘भारतीय बजारमा नेपाली मुद्रामा कारोबार भइरहेकाले त्यो मुद्रा फेरी नेपाल पठाउन समस्या देखिएकोछ’ भारतीय सीमा भिठ्ठामोडका एकजना किराना व्यवसायीले भने, नेपाली मुद्रा नेपालमा लगेर मालसमान ल्याउन कठिनाइ भएकाले भारतीय मुद्रा महँगो भएकोछ । नेपाल र भारतबीचको अधिकांश सीमा नाकामा सवारी साधन आउजाउमा रोक लगाइएकोछ ।

मानिसलाई छेउछाउबाट जान सहुलियत दिएकोछ ।निजी प्रयोजनका लागि हातमा राखेर ल्याउने सरसमानलाई ल्याउन रोकिएको छैन् । सीमावर्ती क्षेत्रका प्रहरीले स्रोत नखुलेका नेपाली रुपैया भारी परिमाणमा बरामद गरेपछि भारतबाट आउने नेपाली रुपैया रोकिएको छ ।भारतबाट नेपाली रुपैया नेपाल नआएपनि भारतीय बजारमा नेपाली मुद्रामा कारोबार रोकिएको छैन् । भारतीय बजारमा रहेको नेपाली रुपैयाको विभिन्न बस्तु खरिदगरि भारतमा लग्न सहज नभए सम्म भारतीय मुद्राको मुल्य बढने नै व्यवसायीहरु बताउँछन् । तर केहि व्यवसायीहरुका अनुसार फागुन महिनाको अन्त्य सम्म भारतीय मुद्रा सहज रुपमा उपलब्ध हुन सक्छ ।हाल नेपालमा भारतीय मुद्रा आउने सबै धन्धाहरु बन्द भएको उनीहरुको कथन छ ।नेपालबाट भारत जाने सुनचाँदी रोकिएको छ ।अन्य ठूला तस्करीपनि कम भएकोछ ।भारतमा नेपाली युवाहरुको बिहागर्ने क्रममा अत्यधिक कमि आएको छ ।दाइजोबाट प्राप्त हुने भारतीय मुद्रापनि मुल्य सन्तुलनमा भूमिका खेल्ने गरेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News