अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार ०८:०१

कलैया । नेपाल–भारत बिच रहेको सन्तगंज सीमा नाका खुलाउने स्थानिय ज्ञानचन्द्र प्रसाद यादवले आमरण अनसन थालेका छन् ।

सुवर्ण गाउँपालिका वडा नम्बर २ सन्तगंज नाकामा ८ गते देखि आमरण अनसन थालेको सोमबार तीन दिन भएको छ । नेपाल–भारत बिच सदियौदेखि चली आएको बेटीरोटीको सुमधुर सम्बन्धका कारण दुवैतिरको बोर्डरहरुमा सहज आवतजावतका लागि कुनै अवरोध रहेको थिएन । तर कोभिड १९ को संक्रमण संसारमा तिब्र रुपमा फैलिन थालेपछि नेपाल–भारतको सीमा बन्द गरिएको थियो । कोभिड–१९ नियन्त्रण उच्च स्तरीय बैठकबाट केहि नाकाहरु खोल्न निर्णय भएपनि सन्तगंज नाका नखोलिदा यस क्षेत्रका नागरिकहरुलाई निकै सास्ती भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै आफु आमरण अनसन बसेको यादवले बताए । यो भन्दा अगाडी माघ २४ गते देखि २७ सम्म जारी रिले अनसन भईरहदा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय तहका प्रमुखहरुसंग सर्वपक्षीय रुपमा वार्ता गरि १० दिनमा नाका खोलाउन सहमति गरेपनि सो सहमतिलाई बेवास्ता गर्दै नाका नखोलाएपछि यस क्षेत्रका बासिन्दाहरुलाई उपचार गराउनदेखि जीवनयापनका लागि खाद्यान लगायत अन्य समाग्रीहरु किनमेल गर्नमा समेत समस्या हुन थालेपछि आमरण अनसन बसेको यादवले भने ।

निरंकुश राजतन्त्रको बिरोधमा २०३६ सालको जनमत संग्रह, पंचायतलाई फाल्ने अभियानमा सरिक भई लोकतन्त्रको निमित काम गर्दै २०४२ सालको बमकाण्डमा समेत मुद्दा लगाउदा पनि बिचलित नभई स्वतन्त्रता सेनानी समेत रहेको यादव नागरिकको लागि आमरण बस्नु सराहनीय काम रहेको स्थानिय बिनोद गिरीले जानकारी दिए । यसैबिच संविधानसभा सदस्य डा. शोभाकर पराजुलीले आमरण अनसन स्थल सन्तगंज पुगी ऐक्वद्धता प्रकट गर्दै यादवको जीवन रक्षाको सरकारसंग माग गरेका छन् । चाँडो भन्दा चाँडो यादवको जायज मागलाई सम्बोधन नगरिए त्यसबाट श्रृजित समस्याको सबै जिम्मा सरकारको नै हुने कुरामा संविधानसभा सदस्य पराजुलीले जोड दिए । नाका खोलाउनका लागि आफनो ज्यानै जाने काम नागरिकले गर्नु कति बिडम्बना हो पराजुलीले अगाडी थपे । सबै राजनितिक दल र जनप्रतिनिधी र जनताको ध्यान जाओस भनी उनले आग्रह समेत गर्दै आमरण अनसन नबस्ने बतावरण चाडै मिलाउने माग गरे ।

आमरण अनसनमा ऐक्यवद्धता जनाउदै बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले यादवको जीवन रक्षाका लागि स्थानिय प्रशासन, जननिर्वाचित प्रतिनिधीहरुको ध्यान जान जरुरी रहेको कुरामा जोड दिए । मानवको बाच्नुपर्ने अधिकारको ग्यारेन्टी राज्यले गनुपर्ने भएपनि सरकार, स्थानिय सरकार, प्रशासनको उदाशिनताले यादवको ज्यान जान सक्ने हुदा समयमा नै सरोकारवाला सबै निकाय सचेत भई अगाडी आउनुपर्ने धारणा ब्यतm गरेका थिए । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसंग बुझदा स्थानिय स्तरमा रहेको समस्यालाई समाधान गर्नका लागि एवम बिरामी, बिहेबारीका लागि गाडीहरु जान दिनका निमित पनि सिमामा खटेका सशस्त्र प्रहरीलाई निर्देशन दिईसकेको बताउदै पुर्णरुपमा नाका खुलाउनका लागि आफनो स्तरबाट हुने काम अगाडी बढाएको बताए । अनसनमा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, पत्रकार महासंघका जिल्ला कार्यसमिति सदस्य पनालाल दास, नेपाली काँग्रेसका नेताहरु मदन सिह, हरिलाल दास लगायतले ऐक्यवद्धता ब्यतm थिए ।

यो भन्दा अगाडी मटियर्वा र सिम्रौनगढ नाका खुलाएपनि खासै प्रभावकारी हुन नसकेको स्थानियहरुको गुनासो रहेको छ ।

Comment


Related News

Latest News

Trending News