अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार ०८:०९

सर्लाहीको कबिलासी नगरपालिका वडा न. ७ गैर, हनुमान चौक स्थित सडक अतिक्रमण गरेर बनाइएको घर भत्काए पछि पीडित र वडाध्यक्ष पक्ष बिच दोहोरो झडप भएको छ ।

गैरको नगरपालिकाले पटक पटक जग्गा खाली गर्न भन्दै आएपनि जग्गा खाली नगर्दा वडाध्यक्षले प्रहरीको सहयोगमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । वर्षौदेखि बस्दै आएको घर महिला प्रहरी, सशस्त्र प्रहरी र डोजर लगाएर भत्काउँदा आफुहरु घरवार विहीन भइ बिचल्लिमा परेको पीडितहरुले गुनासो गरेका छन् । विगत लामो समय देखी मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत गैरस्थित हनुमान चौकमा डेढ दशक अघिदेखि होटल संचालन गर्दै आएकी स्थानीय परिक्षण महतो नुनियाकी छोरी मन्जु महतोका परिवार शनिबार साँझ डोजरले घर भत्काए पछि उग्र बनेका थिए । उनको परिवार र छिमेकी बीच दोहोरो झडप समेत भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । झडपमा महतो परिवारकी बुहारी घाइते समेत भएकी छिन । उनीहरू सँग आफ्नै जग्गा नभएकोले आफन्तको घरमा बस्दै आएका छन् । तर उता नगरपालिकाले भने ११ मिटरमा बन्दै गरेको नाला र सडकको काम उनीहरुकै घरका कारण अबरुद्ध भइरहेकोले पटकपटक जानकारी गराउँदा समेत खाली नगरेको भन्दै बाध्य भएर डोजर लगाउनु परेको स्थानीय एक जनप्रतिनिधिले बताए ।

दोहोर झडपमा वडाध्यक्ष प्रभु राय सहित अन्य स्थानीयहरुलाई समेत चोटपटक लागेको छ ।

Comment


Related News

Latest News

Trending News