अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार ०८:१३

सिरहा नगरपालिकाबाट अपहरित बालकको प्रहरीले सकुशल उद्धारगरि अपहरणमा संलग्न काका सहित दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु यादवलाई उनका आफ्नै काका कुलदिप यादवले अपहरण गरेको प्रहरीले खुलासा गरेकोछ । गत माघ २० गते बालक आफ्नै घरबाट हराएका थिए । भारत बिहारको मधुवनी जिल्लाको खजौलीबाट बालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम सिंहले जनाए । ‘अपहरणमा पारिवारिक सदस्यको संलग्नता रहेको अधारमा अनुसन्धानलाई अगाडी बढाइएको थियो’ सिंहले भने, प्रदीप यादव र उनका भाई कुलदिप यादवबीच केहि समयदेखि बिबाद चलेको थियो ।बालकलाई अपहरणगरि फिरौतीपनि लिने मनसायले कुलदिप यादवले सिरहा नगरपालिकाकै वडा नं. २३ सुखचैना बस्ने भरोसी यादवसित मिलेर अपहरण गरेको सिंहले बताए ।

कुलदिपकै योजना बमोजिम भरोसी यादवले बालकको अपहरण गरेर भारत पु¥याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ ।‘ दुवै जनालाई पक्राउ गरी अपहरण र शरिर बन्धक मुद्दा उनीहरुमाथि चलाइनेछ’ शर्माले भने, अपहरणमा संलग्न कुलदिप र भरोसीले अपराध स्वीकार गरिसकेका छन् । दाजुसित परेको झगडाको रिसइबी साँध्न बच्चाको अपहरण गरेको प्रवक्ता शर्माले जनाए । रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको उनीहरुले स्वीकारेको प्रहरीले दावी गरेको छ । उद्धार गरिएको बालक परिवारको जिम्मा दिएको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, कुलदिप र भरोसीमाथि मुद्दा चलाइएकोछ । दुई वर्षे बालक झण्डै २० दिन परिवारको सम्पर्क बाहिर रहँदा घरमा रुवावासी भइरहेको थियो ।

अपहरणमा पारिवारीक सदस्यको संलग्नता भेंटिने गरेको र अधिकांश अपहरण फिरौतीका लागि हुने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ । कुलदिपको योजनामा भरोसी यादवले बालकलाई घरबाट अपहरणगरि भारतीय सीमामा पु¥याएका थिए ।त्यसपछि भारतीयहरुको सहयोगमा बालकलाई खजौलीमा बन्धक बनाएर राखिएको थियो । बालकको उद्धारपछि परिवारमा खुशी देखिएपनि त्रास अझै हटिसकेको छैन् ।

Comment


Related News

Latest News

Trending News