![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
मंगलबार नेपाली बजारमा सुनको भाउ ११ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० मा कारोबार भइरहेको जनाएको छ ।