अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०७:३७

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ । बुधबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  पहाडी भू -भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका  पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू -भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News