अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०७:५५

नेपाली किसानले उखु नदिएपछि सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु ल्याएर क्रसिंङ गरिरहेको छ ।

उद्योगले एजेन्ट मार्फत नगद तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिंङ गरेको तर आफुहरुको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको स्थानीय किसानहरुले गुनासो गरेका छन् । नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कारबाही गरिनुपर्ने आवाज उठ्न थालेको छ । तर उद्योगका प्रशासकीय प्रबन्धक विरेन्द्र कुमार श्रीवास्तवको अर्कै भनाइ छ । उनले अब उखु किसानको भुक्तानी नियमित बनाउने बताएका छन् । उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग संचालन गरेको बताएका छन् । भारतीय उखु नेपाली उखुको भन्दा सस्तो मुल्यमा पाइने भएकोले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखु प्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ । उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

Comment


Related News

Latest News

Trending News