अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०८:२१

मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल मिथिला विहारी नगर कमिटीले मंगलबार मिथिला विहारी नपा वडा नं.४ रमौलमा आयोजना गरेको मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको शिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मुल धारमा ल्याउन प्रदेश सरकारले समाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताए । प्रदेश सरकारले संचालनमा ल्याएको बेटी पढाउ बेटी बचाउ तथा आरक्षणको व्यवस्थाले समाजिक रुपान्तरण भई सदियौदेखि विभेदमा परेका वर्गलाई राज्यको मुलधारमा ल्याउने विश्वास व्यक्त गरे । नवप्रवेशीहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले जसपाकै नेतृत्वमा मुलुक शान्ति, स्थायीत्व र विकासमा फड्को मार्ने उल्लेख गरे । जसपा नगर संयोजक सीता देवी यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिथिला विहारी नपाको विभिन्न वडाको करिब ४ सय नेता कार्यकर्ताहरु नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, पार्टीका केन्द्रिय सदस्यहरु दिपक कार्की, महाजन यादव, साधु यादव, चमेली देवी दास, रेणु झा, सुरेन्द्र मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा मुख्यमन्त्री राउतले मस्जिदको शिलान्यास समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News