अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०८:२६

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समुहका नेता नरायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको अनुपम उपलब्धिमाथि विसर्जनवादीबाट हमला भएको बताएका छन् ।

देशी विदेशी प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले विस्तारवादी सोचबाट कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई समाप्त गर्न र कम्युनिष्ट पार्टीलाई तोडने षडयन्त्र गरेको आरोप लगाए । संविधानलाई कार्यान्वयन गरी नेपाली जनताको जीवनमा प्रत्यक्ष रुपमा परिवर्तन र समाजवादको आधार निर्माण गर्ने बेलामा संविधान र लोकतन्त्रमाथि विसर्जनवादी सोचबाट आक्रमण भएको उनले बताए । महोतरीको बर्दिबासमा आधारशिलाको १८औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रलाई समाप्त गर्ने असंवैधानिक प्रतिगामी कदम चालिएकोले कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन भएको बताए । नेपालको कम्युनिष्ट पार्टीमा बैचारिक स्खलन भएको छ, उनले भने, ‘कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीको पदको गुम्ने बेलामा पार्टी, लोकतन्त्र र संविधान चाहिदैन भन्दै प्रतिगामि कदम चालिएको छ । पार्टी भित्र यस्ता प्रवृत अन्तकालागि अभियान र बहस चलाउने बेला आएको छ ।’ कम्युनिष्ट पार्टी कुनै व्यक्तिबाट नभएर विधि र प्रक्रियाबाट चलाउने समय आएको छ, उनले भने । असंवैधानिक तवरले जनताको प्रतिनिधि संस्थालाई भंग गरिएकोले प्रतिगामि शक्तिलाई असफल पार्न संविधान र लोकतन्त्रको रक्षाकालागि संयुक्त संघर्षको अवश्यक्ता रहेको बताए ।

नेपाली काग्रेस संयुक्त संघर्षकालागि तयार नभएपनि अन्य दल र नागरिक समाजसंग नेकपा संयुक्त संघर्षलाई अगाडि बढाएको छ, उनले भने । कम्युनिष्ट आन्दोलनमा सहयोग गर्नेहरुलार्य आधारशिलाको १८ औ वार्षिकोत्सवको अवसरमा सम्मान गर्दै नेता श्रेष्ठले आफैले आफैलाई कम्युनिष्ट बनाउन महोतरीमा आधारशिला स्थापन गरिएको बताए । पार्टीमा लागेर पदमा मात्रै पुग्नेहरु कम्युनिष्ट हुन नसक्ने बताउदै श्रेष्ठले पार्टीमा संगठित भएर सक्रिय हुने र भौतिक रुपमा पार्टी प्रति समर्पित हुने मात्रै कम्युनिष्ट बन्न सक्ने बताए । कम्युनिष्ट पार्टी चन्दा मागेर चल्दैन श्रम अनिवार्य गर्नै पर्ने हुन्छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News