अपडेट 
२०७७ फाल्गुन १२, बुधबार १७:३६

सप्तरी, राजविराज, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेको खुशियालीमा बुधबार राजविराजमा जनता समाजवादी पार्टी नेपालले अबिरयात्राका साथ बिजयी जुलुस निकालेको छ ।

प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्दै सदरमुकाम राजविराज नगरको विभिन्न भागमा जुलुसले परिक्रमा गरेको थियो । सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको भन्दै उल्लसाका साथ निकालिएको जुलुसमा जनता समाजवादी पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । नगर परिक्रमापछि जनआन्दोलन चौकमा पुगेर आयोजना गरिएको सभामा राष्ट्रियसभाका सदस्य तथा जनता समाजवादी पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले प्रधानमन्त्रीले चालेको असंबैधानिक कदमलाई अदालतले उल्टाइदिएपछि लोकतन्त्रको रक्षा भएको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिएको बताए । कार्यक्रममा सोही पार्टीकी नेतृ तथा पूर्वमन्त्री रेणु यादवले अदालतको फैसलाले विधीको शासन स्थापना भएको भन्दै यसै खुशियालीमा जनताको ब्यापक सहभागितामा बिजयी जुलुस निकालिएको बताईन् ।

उल्लासका साथ आयोजित जुलुसमा सहभागिहरुले एकआपसमा रंग अबिर दल्दै गर्दा होलीको जस्तै माहौल बनेको थियो । जसपा नेता सुनिल झाको अध्यक्षतामा आयोजित सभालाई प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य मनिष सुमन, केन्द्रिय सदस्य अशोक यादव, यूवा नेता बिनोद यादव लगायतले पनि संबोधन गर्दै अदालतको निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा अविलम्ब राजिनामा गर्नुपर्ने माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News