अपडेट 
२०७७ फाल्गुन १२, बुधबार १७:४०

सप्तरी, राजविराज, १२ फागुन । प्राकृतीक विपद्को सामना गर्न पूर्वतयारी स्वरुप राजविराजमा भण्डारगृह निर्माण हुने भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको ५० औं साधारणसभामा प्रकाृतिक विपद्को सामना गर्न पूर्वतयारी स्वरुप आवश्यक पर्ने सामाग्रि भण्डारण गर्न भण्डारगृह निर्माण गर्न लागिएको जानकारी गराइएको हो ।

रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगतका अनुसार शाखा परिसरमा निर्माण हुन लागेको भण्डारगृहका लागि प्रदेशसभा सदस्य मनिष सुमनले संसदीय विकास कोषबाट ८ लाख रुँपैया सहयोग उपलब्ध गराएको छ । यस्तै विष्णुपुर गाउँपालिकाले ५ लाख र तिरहुत गाउँपालिकाले ४ लाख रुँपैया उपलब्ध गराएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भगतले भण्डारगृह निर्माणका लागि अन्य स्थानियतहले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । जिल्लाकै पहिलो भण्डारगृह हुने भनिएको सो गृहको यसै आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने योजना रहेको शाखाका मन्त्री भबेन्द्र प्रसाद यादवले बताए । साधारणसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य मनिष सुमनले प्राकृतिक विपतीसँगै मानव सृजितलगायत सबै खाले विपतीको रोकथाम र न्यूनिकरणमा रेडक्रस सोसाइटीको महत्वपूर्ण भूमिका रहँदै आएको भन्दै यस्तो संस्थालाई सानो सहयोग गर्न पाएकोमा निकै आत्मसन्तुष्टि मिलेको बताए ।

राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा सेवा क्षेत्रमा आफ्नो छुट्टै छबि बनाएको रेडक्रसलाई आफ्नो र प्रदेश सरकारको तर्फबाट भविष्यमा पनि साधनश्रोत र क्षमताले भ्याएसम्म सहयोग गरिरहने उनले प्रतिबद्धता पनि जनाए । शाखाका मन्त्री यादवले शाखाद्वारा आ.ब. २०७६/७७ सम्म संचालित कार्यक्रम तथा गतिविधी समेटिएको वार्षिक प्रतिवेदन तथा शाखा अधिकृत ब्रहमदेव यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार शाखाले आ.ब. २०७६/७७ मा २ सय २० अग्निपीडित तथा ४ सय ७२ बाढीपीडितलाई राहत सामाग्रि प्रदान गरेको छ । यस्तै बाढीबाट सर्वाधिक प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पूर्वतयारी प्रतिकार्य, कोरोना बिरुद्धको सचेतना, स्वच्छ खानेपानी तथा शौचालय निर्माण लगायतका कामहरु पनि सोही अवधीमा सम्पन्न गरेको छ । यस्तै रक्त संचार सेवा केन्द्रको स्थापना र संचालन, विपद प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर, ऐम्बुलेन्स सेवा तथा विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रशान्त थापा द्वारा संचालित कार्यक्रममा रेडक्रस उपशाखा राजविराजका सभापति बैधनाथ झाले अतिथिहरुलाई स्वागत गरेका थिए । २०२३ सालमा स्थापना गरिएको रेडक्रस सोसाइटी शाखा सप्तरीमा यशस्कर सदस्य ३, आजिवन सदस्य १ हजार ८ सय ३५ तथा सधारण सदस्य संख्या १ हजार १ सय ७५ छन । यस्तै यस शाखा अन्र्तगत विभिन्न स्थानीय तहमा १५ वटा उपशाखा संचालनमा रहि विपद व्यवास्थापन क्षेत्रका काम गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News