अपडेट 
२०७७ फाल्गुन १२, बुधबार १९:४१

सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ ।

बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ । यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भएको थियो । धेरै आलोचना भएपछि तथ्याङ्क फरक परेको बारेमा अध्ययन थालेको मन्त्रालयले बुधवार एकैदिन ६ सय १९ जना मृतकको विवरण थपेको हो ।

बुधवार थपिएको विवरणमा एक जनाले गएको २४ घण्टामा ज्यान गुमाएका र ६ सय १८ जनाले यसअघि नै ज्यान गुमाएर विवरण प्राप्त नभएकाहरू रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८४ पुगेको छ । 

Comment


Related News

Latest News

Trending News