अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार ०८:१८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुर्नस्थापना गरेर सर्वोच्च अदालतले मुलुकलाई ठुलो क्षतिबाट जोगाएको बताएका छन् ।

जनकपुरधामस्थित काँग्रेसका पार्टी कार्यालयमा बुधवार कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद पुनस्र्थापना गरेर अदालतले देश जनता र संविधानको पक्षमा फैसला गरेको बताए ।‘ संसद पुनस्र्थापना नभएको खण्डमा देशमा आन्दोलनको आँधिबेहरीका साथै विभिन्न देशी विदेशी शक्तिलाई खेल्ने अवसर पाउने थियो, नेता पौडेलले भने,‘ चुनाव भएपनि वा नभएपनि देशमा तानाशाहको जन्म हुन्थ्यो । ती तानाशाहले संसद, संविधान, सुरक्षा निकाय तथा संवैधानिक निकायहरुलाई आफुखुसी प्रयोग गथ्र्याे । त्यसकारण पुनस्र्थापनाको फैसला अति आवश्यक थियो ।’ ‘संवैधानिक हिसावले चुनाव हुनु र असंवैधानिक हिसावले चुनाव हुनु फरक कुरा हो ’नेता पौडेलले भने,‘ असंवैधानिक घोषणा गरिएको चुनाव संवैधानिक हुदैन थियो ।’त्यसले तानाशाहलाई जन्म दिएर विश्वमा नेपालले बनाएको लोकतान्त्रिक पहिचान समाप्त हुने उनले बताए ।

संसद पुनस्र्थापना भएपनि देश र जनताको भावना बुझि संघीय लोकतन्त्रको पक्षमा काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने नेता पौडेलको कथन थियो । ‘लामो लोकतान्त्रिक ईतिहास बोकेको तथा प्रेरणादायी नेतृत्वकर्ताहरु पाएको काँग्रेस अहिलेको अवस्थामा कसरी पुग्यो ल्याएको एजेण्डा चोरेर कम्युनिष्टहरु आज कसरी ठुलो पार्टी हुदै गईरहेको छ ? पार्टी भित्र यो वहस हुनुपर्नेमा उनले जोड दिए । ‘अहिले कम्युनिष्टहरु आफ्नै भित्रि भुमरिमा फसेका छन् ’ पौडेलले भने, कम्युनिष्ट सिद्धान्त र विचार विहीन बनेकोछ । ‘जनमत बढाउने बेलामा चुक्यौ भने त्यो दिर्घकालीन रुपमा पार्टीकै क्षति हुन्छ ’ पौडेलले भने, मधेशवादी पार्टीहरु आफ्ना सिद्धान्त र विचार छोडेको कारण अहिलेको अवस्थामा काँग्रेसलाई आफ्नो जनमत बढाउन सहज हुने छ । युवाहरुलाई पार्टीमा आबद्ध गराउने अहिले उपयुक्त अवसर भएको उनले बताए । डिजिटल युगमा चिठिपत्रिले काम चल्दैन, नेता पौडेलले भने,‘ अव समय अनुसार काँग्रेस अगाडी बढनुपर्छ ।

समाजिक सञ्जालदेखि आमजनताको घरघरमा काँग्रेस पुग्नुपर्छ ।’ पार्टी भित्र रहेको गुटउपगुटमा नलागेर पार्टीको एजेण्डा, सिद्धान्त र विचार अनुसार आगाडी बढ्न नेता पौडेलले कार्यकर्ताहरुलाई सुझाए । प्रतिगमन बिरुद्ध हामी आन्दोलनमा रहेको बेला पार्टी सभापति शेरबहादुर देउवा प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीसित साँठगाँठगरि त्यसलाई मलजल गरेको पौडेलले आरोप लगाए ।‘देउवाले प्रतिगमनकारी ओलीलाई जोगाउन लागेर पार्टीको छवि बिगारे’ उनले भने, काँग्रेसले ओलीसित मिलेर कुनै हालतमा सरकार बनाउने छैन् । पौडेल लगायतका नेताहरु प्रतिनिधि सभा बिघटन बिरुद्ध सडक आन्दोलनमा जानुपर्ने दवाव दिइरहेका बेला देउवा त्यसको बिरोधमा रहेका थिए ।

Comment


Related News

Latest News

Trending News