अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार ०८:२३

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेश सभा बैठक तत्काल बोलाउने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सांसहरुसंग भेटघाटमा बुधबार मुख्यमन्त्री राउतले प्रदेश सभा बैठक बोलाउने प्रतिबद्धता जनाएको नेपाली काँग्रेस संसदीय दलका सचेतक उपेन्द्र कुशवाहाले बताए । काँग्रेस संसदीय दलको बैठकले प्रदेश सभा तत्काल बोलाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय अनुसार बुधबार मुख्यमन्त्री राउतसंग भेटन पुगेका प्रदेश सांसदहरुसंग काठमाण्डु जानु पर्ने भएकोले चार दिन पछि प्रदेश सभा बैठकको मिति तोक्ने राउतले प्रतिबद्धता जनाएको सचेतक कुशवाहाले बताए । प्रदेश सभा बैठक लामो समयदेखि नबस्दा प्रदेशको गतिविधि अगाडी बढन नसकेको ठहर गर्दै नेपाली काँग्रेसले तत्काल बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेश सभास्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकबाट प्रदेश सभा बैठक बोलाउन सभामुख सरोज कुमार यादव र मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गर्ने निर्णय गरेको थियो । प्रदेश सभा बैठक बोलाउन सरकारले आलटाल गरे नेकपासंग सहकार्य गरी विशेष अधिवेशन बोलाउने काँग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ ।

दलको बैठकले प्रदेश सभा बैठक बोलाउन प्रदेश सांसदहरुको हस्ताक्षर समेत संकलन गरेको छ । सरकारले बैठक नबोलाएको खण्डमा काँग्रेसले नेकपाका सांसदहरुको समेत सहयोग लिएर २५ प्रतिशत सांसदको हस्ताक्षर सभामुखलाई बुझाएर विशेष अधिवेशनको तयारीमा जुटेको सचेतक कुशवाहाले बताए । संसदीय दलको बैठकले तत्कालीन राजपा र समाजवादी पार्टी समायोजन भएपनि प्रदेश सभाबाट दोहोरो सुविधा लिएकोमा काँग्रेसले आपति जनाएको छ । काँग्रेस सांसदहरुले मुख्यमन्त्रीसंग भेटर सशर्त अनुदान बजेट र प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम तत्काल सुरु गर्न आग्रह गरेका छन् । अन्तिम समयमा बजेट हतारमा खर्चिनु भन्दा प्रभावकारी ढंगले बजेट सदुपयोग गर्न प्रदेश निर्वाचन क्षेत्र विकास कार्याक्रम अगाडी बढाउन आग्रह गरिएको कुशवाहाले बताए । काग्रेस संसदीय दलको बैठकमा प्रदेश सभाका सभामुख सरोज कुमार यादवले सवारी साधनको दुरुपयोग गरी मनमौजी खर्च गरेको भन्दै आपति जनाएका थिए । प्रदेश सभाका सभामुखले ५ सवारी साधन प्रयोग गर्दै आएको छ ।

प्रदेश २ को प्रदेश सभामा चोथौ अधिवेशन समाप्त भएको चार महिनादेखि प्रदेश सभा बैठक ठप्प छ ।

Comment


Related News

Latest News

Trending News