अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार ०८:२८

गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा स्वास्थ्य, शिक्षा, सडक तथा सामुदायिक विकाश निर्माण योजना अगाडी बढाएको छ ।

नगरपालिकाको विकासका लागि आवश्यक स्वास्थ्य भवन, विद्यालय भवन र अन्य निर्माण कार्यको सुरुवात गरिएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । नगरमा स्वास्थ्य पहुच बढाउन ५ आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण आरम्भ गर्दै बुधबार मात्रै ८ योजनाको शिलान्यास गरिएको मेयर महतोले बताए । गौशाला नगरपालिकाका नगरप्रमुख महतोले ५ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ सामुदायिक भवन, पिसिसी सडक र विद्यालयको २ कोठे भवन शिलान्यास गरे । गौशाला नगरपालिकाको वडा नं. ३, वडा नं. ५, वडा नं. ७, वडा नं. ९ र वडा नं. १० मा निर्माण हुन लागेको आधारभुत स्वास्थ्य चौकी भवन, वडा नं. १० मा ७ लाखको लागतमा वडास्तरीय योजनामार्फत निर्माण हुने सामुदायिक भवन शिलान्यास गरिएको छ । मेयर महतोले नगरपालिकाद्धारा निर्माण हुन लागेको राष्ट्रिय आधारभुत विद्यालयको भवन, ५५ लाखको लागतमा निर्माण हुने पिसिसी सडकको शिलान्यास गरे ।

आधारभुत स्वास्थ्य चौकी भवनमध्ये वडा नं. ३ मा २१ लाख ५५ हजार ९४१, वडा नं ५ मा १९ लाख ६६ हजार ७९०, वडा नं. ७ मा २१ लाख ३ हजार ६५१, वडा नं. ९ मा २१ लाख ३३ हजार १०३, वडा नं. १० मा २१ लाख २२ हजार २८४ रकम नगरपालिकाले विनियोजन गरिएको छ । बुधबार शिलान्यास गरिएको आधारभुत स्वास्थ्य केन्द्रको भवन असार मसान्त सम्म निर्माण हुने मेयर महतोले बताए । वडा नं. ७ मा निर्माण हुन लागेको आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि वडाध्यक्ष किशुनदेव कुमार र स्थानिय रामपुकार यादवले जग्गादान गरेका छन् । जयपुर, जमुनिया र मनहर्वा टोललाई पायक पर्ने स्थानमा स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गादान गरेको स्थानिय यादवले बताए ।

Comment


Related News

Latest News

Trending News