२०७७ फाल्गुन १३, बिहीबार ०९:१९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए ।बैठक स्थगित भएको सूचना आएको तर के कारण भन्ने जानकारी आफूले नपाएको नेता मण्डलले बताए । ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।

Comment

Related News

Latest News

Trending News