अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार ०७:५९

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवले प्रदेश प्रमुख राजेश झाले सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको यूवा संगठनका अध्यक्षसमेत रहेका राज्यमन्त्री यादवले प्रदेश प्रमुख झाले राष्ट्र सेवक कर्मचारीहरुलाई सरकार विरोधी कार्य गर्न निर्देशन दिएको दावी गरे । उनले समाजिक संजालमा यस्तो लेखेका छन् – ’सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीति नियुक्ति स्वत बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको असंवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ । साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको विरोधमा प्रदेश प्रमुखले निर्देशन जारी गर्नु आपत्तिजनक रहेको छ ।’प्रदेश सरकारका मुख्यसचिव, सचिव, अधिकृत र राष्ट्र सेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश सरकारलाई असहयोग गर्ने गरि दिइएको निर्देशनको राज्यमन्त्री यादवले भत्र्सना समेत गरेका छन् । प्रदेश प्रमुख झाले संघीयता विरोधी चरित्र देखाउँदै राष्ट्रसेवक कर्मचारीलाई आफुसँग सहकार्य र समन्वय गर्न निर्देशन दिएको उनले दावी गरे ।

प्रदेश प्रमुख झाले राष्ट्रसेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश प्रमुखको कार्यालयमा बोलाएर संघीयता विरोधी क्रियाकलाप गर्न निर्देशन दिएको राज्यमन्त्री यादवको भनाई छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम उल्ट्याइदिएको भन्दै राज्यमन्त्री यादवले प्रधानमन्त्री ओलीले पुस ५ गतेयता गरेको निर्णय र नियुक्तिहरु समेत बदर हुने भएकोले तत्काल खारेजीको माग गरे ।

Comment


Related News

Latest News

Trending News