अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार १२:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुन:स्थापना भएपछि पहिलो पटक शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । फागुन ११ गते मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरी १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । आजको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News